ज्योति लाइफको आईपीओमा १८ लाख बढीको आवेदन

  • १६२
  • बुधबार, २६ फाल्गुण २०७७


काठमाडौं । ज्योति लाइफले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० मा १८ लाखभन्दा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आज बुधबार साँझ ५ बजेसम्म १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ करोड ८० लाख ५७ हजार ६१० कित्ता सेयर माग गरेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

आस्वा सदस्य प्राप्त संस्थाहरूले प्राप्त भएको आवेदनहरू राति १२ बजेसम्म इन्ट्री गर्न सक्ने भएकाले आवेदकको संख्या केही तलमाथि हुन सक्नेछन् । साथै उक्त आवेदनहरू भेरीफाइ हुन बाँकी रहेकाले योग्य आवेदकको संख्या सार्वजनिक हुँदा आवेदककको संख्या घटबढ हुनेछन् ।

कुनै आईपीओका लागि परेको यो अहिलेसम्मकै उच्च आवेदन हो । यसअघि महिला लघुवित्तको आईपीओमा करिब १५ लाख ४० हजार आवेदकको आवेदन भेरीफाइ भएको छ ।

कम्पनीले यही फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता सेयर सर्वसाधारण लागि बिक्री खुला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता नै कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ७ गते आईपीओ निष्कासन अनुमति दिएको थियो । कम्पनीले २०७७ माघ ९ गत जारी पुँजी दुई अर्ब २० करोड रुपैयाँको ३० प्रतिशले हुन आउने ६६ करोड रुपैयाँबराबरको साधारण सेयर बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ ।

हाल एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्कासनपछि कम्पनीको संस्थापक र सर्वसाधारणसेयर हिस्सा ७०स्३० प्रतिशत हुनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ रेटिङ पाएको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार आवेदकलाई न्यूनतमा १० कित्ताका दरले बाँडफाँड गर्नुपर्ने हुन्छ । यस आधारले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड १० कित्ताका दरले बाँडफाँड गर्दा ५ लाख ९४ हजारले सेयर प्राप्त गर्छन् । बाँकी रहेको १२ लाख बढी आवेदकको हात खाली हुनेछ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.