भक्तपुर । पाण्डोबजार खानेपानी योजना जल उपभोक्ता समितिले खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक मिना श्रेष्ठलाई लगाएतका नयाँ पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
पाण्डोबजार खानेपानी योजना जल उपाभोक्ता समितिका अध्यक्ष राजनकाजी त्वातीले एक कार्यक्रमका विच ताम्रापत्र र बुद्धको मुर्तिवाट उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा विभागका पहिलो महिला महानिर्देशक मिना श्रेष्ठ, खानेपानी मन्त्रालयका स.डि.इ.एबं यस समितिका उपभोक्ता योगेन्द्र चित्रकार, खानेपानी तथा ढल व्यबस्थापन बिभागका योजना शाखा प्रमुख लक्ष्मी प्रसाद उपाध्याय, संघिय खानेपानी तथा ढल व्यबस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठ , खानेपानी तथा सरसफाई डिभिजन नं.५ भक्तपुरका प्रमुख अनिल केशरी लाई समितीका अध्यक्ष राजनकाजी त्वातीले सम्मान गरेका हुन । त्यस्तै खानेपानी तथा सरसफाई डिभिजन नं.५ भक्तपुरका निर्बतमान प्रमुख हरिदत्त पौडेललाई भने विदाई गरका थिए ।
कार्यक्रममा प्रमखु अतिथि महानिर्देक मिना श्रेष्ठले पाण्डो बजार खानेपानी योजनाको खानेपानी गुणस्तर सुधारको लागि ट्रिटमेन प्लानको लागि बिभागको गुणस्तर शाखामा निबेदन पेश गर्न अनुरोध गरेका छन ।
कार्यक्रममा अध्यक्ष राजन काजी त्वातीले सडकको दायाँ बायाँ पाइप लाइन, ट्रिटमेन प्लान थप डिप बोरिङ्ग, रिर्जभवायर ट्याङ्की निर्माण गर्न सर्भे समेत भई सकेकोले तत्काल सो कार्यहरु गरि दिनको लागि खानेपानी तथा ढल ब्यबस्थापन बिभागका महानिर्देशक र संघिय खानेपानी भक्तपुरका प्रमुख लाई अनुरोध गरेका छन । कार्यक्रममा समाजसेवी विदुमानसिंह बस्नेत तथा पदम पौडेले पनि मन्तव्य राखेका थिए ।