ओलीले दिए चुनौती– समानुपातिकमा ५० लाख भोट ल्याउँछौँ, घटाएर देखाउनुस्

  • ९५
  • शनिबार, १ फाल्गुण २०७७


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा आफ्नो समूहले बहुमत ल्याउने दाबी गरेका छन् ।

शनिबार बुटवलमा आयोजित सभामा बोल्दै उनले निर्वाचनबाट किन आत्तिएको रु भन्दै प्रचण्ड–नेपाल समूहलाई प्रश्न गरे । “म भन्न चाहन्छु उहाँहरुलाई, ५० लाख समानुपातिक मत ल्याउँछौँ । घटाएर देखाउनुस् न त्यो मत । प्रत्यक्षतर्फ बहुमत सिट लिएर आउँछौँ । त्यो घटाएर देखाए भो नि । किन आत्तिनु, तर्सिनुभएको चुनावबाट ?”, उनले भने ।

को लोकप्रिय भन्ने निर्वाचनबाट देखिने उनले उल्लेख गरे । उनले माघ २८ गतेको प्रचण्ड–नेपाल समूहको सभामा १४ जना वक्ता बोलाएर ‘गाली पुराण’ सुनाएको भन्दै कटाक्षसमेत गरे ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.