काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका नेताहरुलाई जनसमर्थन कस्तो हुन्छ भन्ने हेर्नका लागि बुटवल आउन आग्रह गरेका छन् । यही माघ २८ गते आयोजित सभामा प्रचण्ड–नेपाल समूहका नेताहरुले सभा हेर्न भृकुटीमण्डप आउन ओलीलाई आग्रह गरेका थिए ।
सोही विषयको जवाफ दिँदै शनिबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित सभामा बोल्दै ओलीले भने, “अस्ति तीन दिनअघि मात्रै देशभरिबाट मान्छे जम्म गरेर अलिकति मान्छे देखेपछि ‘सभा हेर्न यहाँ आउ केपी ओली’ भनेर केही मान्छेले भनेका थिए ।