हितेन्द्रदेव शाक्य बने विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक

  • १२३
  • मंगलवार, २७ माघ २०७७


काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा कामु निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई आगामी चार वर्षका लागि नियुक्त गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

कुलमान घिसिङको कार्यकाल सकेर बिदा भएपछि प्रबन्ध निर्देशकको पद रिक्त भएको थियो । उनको कार्यकाल सरकारले थप नगरेपछि कामु प्रबन्ध निर्देशकको जिम्मेवारी शाक्यलाई नै दिएको थियो ।

प्रवन्ध निर्देशक नियुक्त शाक्य प्रसारणलाइनका विज्ञ हुन् । उनले एमसीसीका लागि प्रसारणलाइनको अध्ययन गरेका थिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.