काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले एकसाथ ११ सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले नेपाल धितोपत्र बोर्डको निर्देशनमा सेयर कारोबार रोक्का गरेको हो ।
नेपाल धितोपत्र बोर्डबाट आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन बोर्ड पेस नगरेको जानकारी आएकाले ११ वटै कम्पनीको कारोबार रोक्का राख्ने निर्णय भएको नेप्सेले जनाएको छ । नेप्सेले गुराँस लाइफ इन्स्योरेन्स, नेसनल माइक्रोफाइनान्स, कालिका लघुवित्त, कर्णाली विकास बैंकसहित अन्य ६ हाइड्रोपावरको सेयर कारोबार रोक्का गरेको छ ।
सेयर रोक्का भएका हाइड्रोपावरहरुमा नेसनल हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, पाँचथर पावर कम्पनी, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर डेभलमेन्ट कम्पनी, युनियन हाइड्रोपावर कम्पनी छन् ।
“धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेस गर्नुपर्ने आव वार्षिक प्रतिवेदनलगायत वित्तीय विवरणहरु बोर्डमा र धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ ९१० ‘क’ मा भएको व्यवस्थाबमोजिम नेप्सेमा पेस गरेको नपाइएकाले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६ ९१० घ मा भएको व्यवस्थाअनुसार नेप्सेको माघ २५ गतेको निर्णयबाट उक्त कम्पनीको सेयर कारोबार रोक्का राख्ने निर्णय भएको छ,” नेप्सेको सूचनामा भनिएको छ ।
यसअघि नेप्सेले विशाल बजार कम्पनी र राष्ट्रिय बिमा कम्पनीको पनि सेयर कारोबार रोक्का गरिसकेको छ । राष्ट्र बैंक र बिमा समितिबाट प्रत्यक्ष नियमन हुने कम्पनीले नै समयमा वित्तीय विररण नबुझाएका सेयर कारोबार रोक्का हुँदा यसले नियामक निकायमाथि पनि प्रश्न उठाएको छ ।