भक्तपुर । प्रथम स्वर्गिय गणेशकुमार कवें स्मृति फुटसल प्रतियोगिताको उपाधि नर्थ प्वाईन्ट फुटसल क्लवले उचालेको छ । उपाधी सँगै विजयी क्लव नर्थ प्वाईन्टले मेडल, ट्रफि र प्रमाणपत्र सहित नगद ५१ हजार ५ रुपैयाको राशि समेत हात पारेको छ । उपाधीका लागि नर्थ प्लाईन्टले पारुहाङ्गलाई पेनाल्टिमा हराएको थियो । २३ गते भएको प्रतियोगितमा फइनल खेल भने २४ गते भएको थियो । त्यस्तै प्रतियोगितको तेस्रो स्थानमा तिर्थ मल्ल फुटसल क्लवले हात पारेको थियो । उपविजेता क्लवले नगद २५ हजार ५ सहित ट्रफि र मेडल हात पारेको थियो भने प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने तिर्थ मत्व क्लवले नगद १० हजार ५ सहित ट्रफि हात पारेको थियो । त्यस्तै प्रतियोगितमा नर्थ प्वाईन्ट मर्निङ्ग टिमले सान्तोना भएको थियो भने प्रतियोगिताको वेस्ट प्लेयर नर्थ प्वाइटका सरोज तामाङ भएका थिए । प्रतियोगितमा वेष्ट किपरको उपाधि भने पारुहाङ्गका आकाश मल्ल घोषित भए । गणेश कुमार स्मृति कपले आयोजना गरेको प्रतियोगितमा प्रथम, दितिय र तितिय स्थानमा विजयी खेलाडीलार्ई प्रमुख अतिथि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा विशिष्ट अतिथि एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा र एन्फा उपाध्यक्ष उपेन्द्रमानसिंह उपस्थिती रहेको थियो ।