नेपालमा पनि कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टी : बेलायतबाट आएका तीन जनामा देखियो संक्रमण

  • १३२
  • सोमबार, ५ माघ २०७७


काठमाडौँ। नेपालमा पनि कोरोना भाइरसको नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ ।

बेलायतबाट पुस पहिलो साता आएका ६ जनामध्ये तीन जनामा नयाँ प्रकारको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएकोमा त्यसमध्ये ३ जनामा नयाँ प्रकारको संक्रमण भएको पाइएको हो ।

२७ पुसमा उनीहरुको नमूना हङकङ प्रयोगशालामा पठाइएकोमा उनीहरूमा नयाँ प्रकारको कोरोना भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संक्रमित हुनेमा २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुष छन् ।


पहिलोपटक बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.