ट्राफिक प्रहरीले प्रतिनिधि नपठाउदाँ रोकिए चालक अनुमतिपत्रको परीक्षा

  • १२५
  • सोमबार, २७ पौष २०७७


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को वितरणको प्रक्रियालाई थप पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । यातायात व्यवस्था विभागलाई पत्र लेख्दै महाशाखाले लिखित तथा प्रयोगात्मक परीक्षालाई परादर्शी बनाउन थप उपायहरु अबलम्बन गर्न सुझाव दिएको छ ।

प्रक्रियालाई थप पारदर्शी बनाउन माग गर्दै सोमबारबाट परीक्षाहरुमा ट्राफिक प्रहरीका प्रतिनिधि पनि खटाउन छाडेको छ । यसले गर्दा उपत्याकका लाइसेन्स कार्यालयले सोमबार लिखित र प्रयोगात्मक परीक्षा लिन पाएनन् ।

 


महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार यसबारे सोमबार नै विभागसँग छलफल हुँदैछ ।

‘सीसी टिभी क्यमेराबाट हुने निगरानी पनि बढाउने र पास-फेलको रेकर्ड अझै परादर्शी रुपमा आदानप्रदान गर्नेबारे विभागसँग छलफल हुन्छ,’ अधिकारीले भने,’यसो हुँदा कतै कसैबाट बदमासी हुन पाउँदैन, भइहाले कारवाही गर्ने सहज हुन्छ ।’

उनले लाइसेन्स कार्यालयसँग आफूहरुको मनमुटाव नरहेको र प्रक्रियालाई थप पारदर्शी गर्न मात्रै ध्यानाकर्षण गराइएको बताए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.