गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताएका छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गोरखा आएका थापाले पत्रकारसँग कुराकानी गर्दै प्रतिनिधि सभाविघटनको निर्णयले संवैधानिक जटिलता निम्त्याएको बताए ।
दिवसको अवसरमा राप्रपाले र्याली समेत निकालेको थियो । हरमटारीबाट निकालिएको र्याली बिसौनी, बसपार्क, पदेली हुँदै गोरखा संग्रहालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।