निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने तीनै जना भक्तपुरबाट पक्राउ

  • ८१६
  • शुक्रबार, ५ मंसिर २०७७


भक्तपुर। काठमाडौंमा निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनामा संलग्न तीनै जना भक्तपुरबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरले निकिशामाथि लैगिक भेदभाब पुर्ण दुर्व्यवहार गर्ने तीनै जनालाई आज पक्राउ गरेको हो ।

प्रहरीले भक्तपुर नगरपालिका–५ तौमढी बस्ने १७ वर्षीय विशेष जोशी, भक्तपुर नगरपालिका–१ बस्ने १९ वर्षीय सफिल खत्री र अर्का एक जना भक्तपुर नगरपालिका–५ टौमढी बस्ने १६ वर्षीय किशोर रहेको परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डीएसपी० दिपक गिरीले जानकारी दिए ।

जोशीलाई आज बिहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको डीएसपी गिरीले बताए ।

उनका अनुसार सफिलले मोटरसाइकल चलाएका थिए भने नाम नखुलाइएका पछाडि बसेका किशोरले निकिशामाथि अपशब्द प्रयोग गरेका थिए ।

 


उनीहरुमाथि थप अनुसन्धान तथा कारवाही समेत भईरहेको गिरीले बताए ।

सामाजिक सञ्जालमा मोटरसाइकलमा आएका व्यक्तिले निकिशालाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.