मिश्रले बुझाए प्रतिउत्तरपत्र–गोकुल बाँस्कोटाकै आवाज हो, निवेदन खारेज होस्

  • १२०
  • बुधबार, २६ कार्तिक २०७७


काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा जोडिएका विजय मिश्रले आफूले रेकर्ड गरेको आवाज तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाकै भएको दाबी गरेका छन् ।

जिल्ला अदालत काठमाडौंमा बुझाएको प्रतिउत्तरपत्रमा बाँस्कोटाले आफूसँग भएको कुराकानी भएको तथ्यलाई स्विकार नै गरेको दाबी गरेका छन् ।


“विपक्षी वादीले मसँग भेट भइ कुराकानी भएको तथ्यलाई स्वीकार नै गरेको छ । अडियो टेपमा भएको आवाज आफ्नै रहे भएको तथ्यलाई पनि विपक्षीले स्वीकार नै गरेको छ,” मिश्रको जिकिर छ । बाँस्कोटाले विद्युतीय तथा आम सञ्चारका माध्यमहरुबाट झुठा लाञ्छना लगाइ गाली बेइज्जती गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मिश्रविरूद्द रिट दायर गरेका थिए ।

“मैले फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुनिक प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गर्ने उद्देश्यले मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता, ख्यातीलाई होच्याउने गरी चरित्रहत्या गर्ने बदनियतले विद्युतीय तथा सार्वजनिक सञ्चार माध्यममा प्रशारण गरेका,” बाँस्कोटाको रिटमा उल्लेख छ ।

तर, मिश्रले बाँस्कोटाले त्यस्तो फरक सन्दर्भ के को हुन् देखाउन नसकेको जवाफमा लेखेका छन् । बाँस्कोटाले मिश्रसँग गरेको संवादको अडियो टेप सार्वजनिक भएको थियो ।

उक्त अडियोमा सेक्युरिटी प्रिन्टिङ खरिदमा ७० करोड कमिसन बाँस्कोटाले मागेका थिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.