कोरोना माहामारी नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय

  • ११७
  • बुधबार, २६ कार्तिक २०७७

भक्तपुर । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा भक्तपुर नगरपालिकाले गरेका क्रियाकलापको बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी लिएको छ ।

स्वास्थ्य मन्त्रालयका डा. बासुदेव पाण्डेले कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका छन् । मन्त्रालयको प्रतिनिधि भएर आएका डा पाण्डेले भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको बताएका हुन् ।

कोरोना संक्रमितहरूको पहिचान हुन नसक्दा संक्रमणको खतरा झन् बढ्दै गइरहेको सन्दर्भमा भक्तपुर नगरपालिकाले कन्ट्याक्ट ट्रेसिंगलाई महत्व दिनु संक्रमण रोकथाममा सहयोगी भएको उनको भनाइ छ । कोरोना भाइरस लाई गम्भीरतापूर्वक लिएर चाडपर्व र जात्रालाई औपचारिकतामा सिमित गर्नु, रोकथाम र नियन्त्रणका भरपूर प्रयास हुनु र नगरपालिकाले आइसोलेसन सेन्टर मार्फत संक्रमितलाई सहयोग गर्नु सकारात्मक पहल भएको भन्दै डा पाण्डेले नगरपालिकाको प्रशंसा गरे ।

 नगर प्रमुख सुनिल प्रजापतिले नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको तर संविधानले निर्दिष्ट गरेबमोजिम संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव महसुस भइरहेको बताए ।
स्रोत र साधनको अभावबीच पनि जनप्रतिनिधिहरूले आ—आफ्नो क्षमताअनुसार कोरोनाबाट समाजलाई जोगाउन सक्रियतापूर्वक लागिरहेको बताउनुहुँदै भक्तपुर नगरपालिकाले नेपाल सरकारको कार्यविधिअनुसार प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) गठन गरी कोरोना नियन्त्रण तथा रोकथाममा क्रियाशील ढंगले काम गरिरहेको प्रमुख प्रजापतिले बताए ।



भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.