भक्तपुर अस्पताल बाग्मती प्रदेशै उत्कृष्ट

  • १३०
  • बुधबार, २६ कार्तिक २०७७


भक्तपुर । केहि बर्ष अघि सम्म भक्तपुर अस्पताल रेफरल अस्पतालको रुपमा परिचित थियो । अस्पताल जाने जो कोहिले पनि सरकारी अस्पतालबाट पाउने न्यनतम सेवा समेत पाउन गाह्रो थियो । अस्पतालको नेतृत्व परिवर्तन तथा काम गर्ने ईच्छा शक्तिका कारण भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएको छ । प्रदेशभरीको अस्पतालबाट छनौट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताल पुरस्कृत भएको हो ।

बागमती प्रदेश सरकार मातहत रहेको यस अस्पताललाई प्रदेश राजधानी हेटौडामा पुरस्कार प्रदान गरिएको छ । सामाजिक विकाश मन्त्री युवराज दुलालले एक कार्यक्रमका बीच अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमलाई पुरस्कार हस्तान्तरण गरेका छन् ।अस्पतालको विकाशको समग्र मूल्यांकन गर्दा राष्ट्रिय नीति अनुसार स्वास्थ्यका सुचक इण्डिकेटर अनुसार विकाश र सुधारमा सबैभन्दा राम्रो सावित भएपछि भक्तपुर अस्पतालले पुरस्कार पाएको बताइएको छ ।

भक्तपुर अस्पतालमा प्रशासनिक नेतृत्व गरिरहेकी डा सुमित्रा गौतम र अस्पताल संचालन तथा विकाश समितिको नेतृत्व गरिरहेका मिलन सुवालको तालमेल मिलेसंगै भक्तपुर अस्पतालले स्थापना र संचालनको इतिहासमै ठूलो विकाश गरेको हो । मेसु डा गौतमको कार्यकाल ८ महिना र अध्यक्ष सुवालको कार्यकाल १८ महिना मात्र भएता पनि यसबीचमा अस्पताल संचालनको ११६ वर्षपछि भक्तपुर अस्पताल आइसीयु सेवा दिन समेत सफल भएको छ । आधा दर्जन भेन्टिलेटरसहित आइसीयु सेवा संचालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको देखिन्छ भने अझै २ दर्जन बेडसहित अस्पतालले एचसीयु संचालनको तयारी थालेको छ । अस्पतालले ल्याप्रोस्कोपी सर्जरी सेवा समेत सुरु गरिसकेको छ ।
कोभिड १९ रोकथाम र नियन्त्रणका लागि प्रदेशले निर्देशन गरे बमोजिम भक्तपुर अस्पतालले दुधपाटी र खरीपाटीमा गरी २४७ बेडको सुविधासम्पन्न आइसोलेसन सेन्टर संचालन गरिरहेको अस्पतालका मेसु डा सुमित्रा गौतमले बताईन । स्वाब संकलन गरिररहेको यस अस्पतालले केहि दिन भित्रै स्वाब परीक्षण समेत गर्नेगरी तयारी तिब्र बनाएको छ । टेकुस्थित सरुवा रोग अस्पतालले समेत सशुल्क कोरोना उपचार गरिरहँदा भक्तपुर अस्पतालमा कोभिड १९ उपचार पूर्णता निशुल्क रहेको अध्यक्ष मिलन सुवाल बताउँछन् ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.