प्रधानमन्त्रीको ट्विटर ह्यान्डलमा सल्लाहकारको ‘मजाक’ !,केही सेकेन्डमै डिलिट

  • १२३
  • बुधबार, २६ कार्तिक २०७७


काठमाडौं । गत पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्विटर ह्यान्डलबाट भारतीय कंग्रेस आइकी अध्यक्ष सोनीया गान्धीको ट्विट रि–ट्विट गरिएपछि त्यसले तरंग सिर्जना गर्‍यो । भारतीय विपक्षी दल कंग्रेस आइकी अध्यक्ष सोनीया गान्धीको २।३७ मिनेटको भिडियो सन्देशलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्विटर ह्यान्डलबाट रि–ट्विट भएपछि त्यसको चर्चा भारतीय मिडियामा पनि भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जाल उनको सचिवालयले चलाउँछ। सामाजिक सञ्जाल चलाउने कुरामा उनको सचिवालय यति असंवेदनशील छ कि आफ्नो व्यक्तिगत एकाउन्टमा राख्न खोजेको कुरा प्रधानमन्त्रीको आधिकारिक ह्याण्डलबाट पोष्ट गरिदिन्छ।

 

मंगलबार दिउँसो प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र पत्रकार मात्रिका पौडेल सँगै भएको फोटो प्रधानमन्त्रीको ट्विटरबाट ट्विट भयो।

ट्विट प्रधानमन्त्रीलाई समेत "कोरोना संक्रमण भएको " अर्थ्याउन मिल्ने खालको थियो। प्रधानमन्त्रीको ह्याण्डलबाट भएको ट्विट र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबाट भएको ट्विटको भाषा र फोटो एउटै भएकाले उक्त ट्विट थापाले गरेको देखिन्छ। यद्यपी ट्विट केही सेकेन्डमै डिलिट गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने यो मानवीय त्रुटि भएको बताए।

‘यो मानवीय त्रुटि हो,’ थापाले भने,‘त्रुटि भएकै कारण केही सेकेन्डमै हटाइएको हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर अकाउन्ट सचिवालयबाटै दुरुपयोग भएको यो पहिलो पटक भने होइन।

यसअघि भारतीय कांग्रेस आइकी नेतृ सोनिया गान्धीले भारतीय नागरिकता विधेयकको विरोध गरेको ट्विटसमेत प्रधानमन्त्रीको नाममा रहेको प्रधानमन्त्री कार्यालयको ह्याण्डलबाट रिट्विट भएको थियो।

त्यतिबेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा स्वयमले "पासवर्ड दुरुपयोग भएको आशंका गरिएको र छानविन भैरहेको"बताएका थिए। कूटनीतिजस्तो संवदेनशिल विषयमा समेत कच्चा काम गरेपछि सचिवालय आलोचित बनेको थियो।

कसरी भयो प्रधानमन्त्री ओलीको ह्याण्डलबाट सोनिया गान्धीको भिडिओ रिट्वीट ?

प्रधानमन्त्री कार्यलयले ६ लाख ६३ हजार फलोअर भएको ट्विटर प्रयोगमा कच्चा ढंगले प्रस्तुत हुने गरेको छ। यसअघि प्रधानमन्त्री ओलीले भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको फ्यान अकाउन्टलाई मेन्सन गरेर स्वास्थ्य लाभको कामना गरेका थिए।
मनमोहन सिंहको फ्यान एकाउन्टमा प्रधानमन्त्री ओलीले गरे स्वास्थ्य लाभको कामना

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.