मुम्बई पाँचौं पटक आईपीएल च्याम्पियन

  • १०५
  • बुधबार, २६ कार्तिक २०७७


काठमाडौं । मुम्बई इन्डियन्सले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले उपाधि जितेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली क्यापिटल्सले जितका लागि दिएको १५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५७ रन पूरा गर्यो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ५ चौका र ४ छक्काको सहयोगमा ६८ रन बनाउन सफल भए । त्यस्तै इसन किसनले ३३ रन बनाउँदा क्विन्टन डी ककले २० रनको योगदान गरे । बलिङतर्फ दिल्लीका लागि अर्निच नोटरेजले दुई विकेट लिए । त्यस्तै कगिसो रबाडा र मार्कस स्टोइनिसले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाउन सफल भएको थियो । दिल्लीका लागि अ‍ैयर र पन्तले अर्धशतकीय पारी खेले । ५० बल खेलेका कप्तान अ‍ैयरले ६ चौका र २ छक्काको सहयोगमा ६५ रन बनाए । त्यस्तै ३८ बल खेलेका पन्तले ४ चौका र २ छक्काको सहयोगमा ५६ रन बनाए ।

दिल्लीका लागि शिखर धावनले १५ रन बनाए । बलिङतर्फ मुम्बईका लागि टे«न्ट बोल्टले सर्वाधिक तीन विकेट लिए । त्यस्तै नथान कोट्रेलले दुई विकेट लिँदा जयन्त यादवले एक विकेट लिए । मुम्बईले लगातार दुई सिजन आईपीएलको उपाधि जितेको छ । सन् २०१९ मा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै आईपीएलको उपाधि जितेको मुम्बईले यो सिजन दिल्ली क्यापिटल्सलाई हराउँदै उपाधि जितेको हो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.