मध्यपुर थिमि कार्यपालिकाको बहुमत सदस्यद्वारा प्रमुख प्रशासकीय प्रमुखलाई मन्त्रालयमा फिर्ता पठाउने निर्णय

  • १३३
  • सोमबार, २४ कार्तिक २०७७

मध्यपुर थिमि कार्यपालिकाको बहुमत सदस्यद्वारा प्रमुख प्रशासकीय प्रमुखलाई मन्त्रालयमा फिर्ता पठाउने निर्णय
भक्तपुर। मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई नगरपालिकाको कार्यपालिका बैठकको बहुमत सदस्यले मन्त्रालयलाई फिर्ता पठाउने निर्णय गरेको छ ।

आइतवार बसेको कार्यपालिका बैठकमा ११ जनाको बहुमत सदस्यले प्रमुख प्रशासकिय अधिकृत उद्धब प्रसाद रिजाललाई मन्त्रालय फिर्ता गरी अर्को कार्यकारी पठाउन आग्रह गर्ने निर्णय गरेको हो । उप प्रमुख अन्जनादेवी मधिकर्मीसहित ८ जना सदस्यहरु भने बैठकमा उपस्थित भएका थिएनन् । कार्यपालिकामा जम्मा १९ जना सदस्य रहेका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बैठकमा प्रमुख प्रशासकिय अधिकृत रिजालले नगरसभाबाट बजेट विनियोजना भई नियमित रुपमा उपभोक्ता समितिमार्फत् भइरहेका कार्यहरुलाई दशैंको अगाडि पनि रकम निकाशा नगरी दुःख दिइएको, नगरको आन्तरिक राजनीतिमा सहभागि भई चलखेल गरिएको, नगरपालिकाका दस्तावेजहरुलाई बदनियत पूर्वक बाहिर पठाइएको कारण मन्त्रालयमा फिर्ता गरी अर्को प्रमुख प्रशासकिय अधिकृत पठाउन मन्त्रालयमा पत्रचार गर्ने निर्णय भएको जानकारी दिए ।

 


यस अघि कार्तिक ७ गते प्रमुख श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई सम्बद्ध मन्त्रालयमा फिर्ता गर्न पत्राचार गरेका थिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.