भक्तपुरमा १२१ सहित काठमाडौं उपत्यकामा थपिए १ हजार ३३८ कोरोना संक्रमित

  • १०९
  • शुक्रबार, २१ कार्तिक २०७७


काठमाडौं। काठमाडौं उपत्यकामा आज थप १ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ५७० जना महिला र ७६८ पुरुष गरी कूल १ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार ३० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा १८७ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २६२ जना, भक्तपुरमा ६९ जना र ललितपुरमा ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १५ हजार १, भक्तपुरमा १ हजार २४२ र ललितपुरमा २ हजार २२६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ५४ हजार २१६ जना, भक्तपुरमा ५ हजार ४२ जना र ललितपुरमा ७ हजार ५५८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

 

हालसम्म काठमाडौंमा ६९ हजार ४७९ जना, भक्तपुरमा ६ हजार ३५३ जना र ललितपुरमा ९ हजार ८५० जना कोरोना संक्रमित रहेका छन् ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.