पछिल्लो २४ घण्टामा २९०९ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

  • १०३
  • शुक्रबार, २१ कार्तिक २०७७


काठमाडौं । देशभर कोरोना भाइरसका थप दुई हजार ९०९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९०९ संक्रमित थपिएका हुन् ।यससँगै कुल संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । 

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ५०० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५२ हजार ९०८ जना डिस्चार्ज भएका छन् ।

आजसम्म १५ लाख १७ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार २५४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.