महासचिव पौडेलले भने- नेकपामा गम्भीर संकट उत्पन्न भएको छ

  • ८९
  • आइतबार, १६ कार्तिक २०७७


भक्तपुर । नेकपा महासचिव एवम् अर्थ मन्त्री विष्णु पौडेलले नेकपामा गम्भीर संकट उत्पन्न भएको बताएका छन्।


सामाजिक सञ्जाल ट्विटरमा आफ्ना धारणा राख्दै महासचिव पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताएका छन्।

‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छु, पौडेलले लेखेका छन् ‘आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु।’


प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच असहमति बढिरहेका बेला महासचिव पौडेलको यस्तो अभिव्यक्ति आएको हो।

११ दिनपछि शनिबार दुई अध्यक्षको भेट भएपनि छलफल सकारात्मक हुन सकेको थिएन। मन्त्रिपरिषद पुनर्गठन, कर्णाली प्रदेशको प्रकरण, रअ प्रमुखको भ्रमण र पर्सा घटनालाई लिएर प्रचण्डले असन्तुष्टि जनाएको स्रोतको दावी छ।

 

दुई अध्यक्षबीच मतान्तर बढ्दै गएपछि महासचिव पौडेलले दुवैलाई छुट्टाछुट्टै भेटेर संवाद गराउने प्रयत्न गरेका थिए।

यसअघि दुई अध्यक्षबीच विवाद उत्पन्न हुँदा पनि महासचिव पौडेलले दूरी घटाउने काम गरेका थिए।

पूर्व एमाले र पूर्व माओवादी एक भएर नेकपा बन्दा ओली र प्रचण्ड निकट रहेर पार्टी एकतालाई सम्भव तुल्याउनमा पौडेलको पनि भूमिका छ। सायद त्यसैको पुरस्कारस्वरुप दुई पार्टी एक भएपछि आफूभन्दा वरिष्ठ नेताहरुलाई पन्छाउँदै पौडेल नेकपाको महासचिव नियूक्त भए।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.