कोरोना असर : यस बर्ष भक्तपुरमा ईट्टा उत्पादन नहुने

  • ७७९
  • शनिबार, १५ कार्तिक २०७७


भक्तपुर । धान काटे लगतै भक्तपुरका खेतमा माटो निकाल्दै ईट्टा बनाउने काममा व्यस्त हुन्छन मजदुरहरु । तर यस बर्ष कोरोना माहामारीको कारण भक्तपुरका ईट्टा व्यवसायीहरुले ईट्टा उत्पादन नगर्ने निर्णय गरेसँगै झन्दै ५० हजारको हाराहारीमा ईट्टा भट्टामा काम गर्ने मजदुरहरुले रोजगारी गुमाउने भएका छन । भक्तपुरका ६२ वटा ईट्टा भट्टाहरुमा एक सिजनमै ३५ हजारको हाराहरीमा हुरोल्पा, रुकुम, सिराहा ,सप्तरी, काभ्रे, सिन्धुपाल्चोक,रामेछाप तथा भारतवाट समेत मदजुर हरु काम गर्न आउने गर्थो । १५ हजारको हाराहारीमा ईटा लोड अनलोड र ओसारपसारमा मजदुर र डाइभरहरुले राजकारी पाउने गर्थो । यो बर्ष कोरोना महामारीका कारण देशभर न्युन गतिमा विकास निर्माणको काम भएको र निजि आवस निर्माण समेत कम भएकाले ईट्टा उत्पादन नगर्न ईट्टा व्यवसायी संघका अध्यक्ष नातीभाई ह्योम्वाले बताए ।
नगरपालिकाले उद्योग सञ्चालन गर्दा भीडभाड हुने भएकार्ले उद्योग सञ्चालन नगर्ने अनुरोध गरेपछि भक्तपुरका व्यवसायीहरुले यस वर्ष ईटा उत्पादन नगर्ने भएका हुन् ।
ईट्टा उत्पादन नभएपछि भक्तपुरको आर्थिक गतिविधीमा समेत असर पर्ने अध्यक्ष हेम्बाले बताए ।
ईट्टा उत्पादन नभएपछि व्यवसायीहरुले नगरपालिकालाई स्थानीय कर बापत बुझाउनु पर्न प्रति भट्टा ७ लाख रुपैयाँ समेत नबुझाउने निर्णय गरिएको उनले बताए ।
ईटा उत्पादन नहुने भएपछि भक्तपुरका प्रति व्यवसायीलाई ४० लाख रुपैयाँ घाटा पर्ने छ ।
इस वर्ष नयाँ ईटा उत्पादन नभएपनि बजारमा प्रर्याप्त ईटा भएकाले ईट्टाको अभाव नहुने र मूल्य पनि नबढ्ने उनले बताए । बजारमा अहिले ईट्टा प्रति हजार १२ देखि १५ हजार रुपैया मुल्य पर्ने उनले बताए ।

 

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.