भक्तपुरको भाज्या पोखरी रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको दावी

  • २९३
  • मंगलवार, २८ फाल्गुण २०७५

भक्तपुर। भक्तपुरमा रहेको भाज्या पोखरी रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको दावी गरिएको छ ।

नगरपालिकाको आयोजनामा सोमबार ऐतिहासिक भाज्या पोखरी जीर्णोद्धरको प्रारम्भिक प्रतिवेदनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताइएको हो ।

इतिहासविद्, संरक्षणविद्, जनप्रतिनिधि, नपाका शाखा प्रमुखहरू र विभिन्न क्षेत्रका सारोकारवालाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाज्या पुखु काठमाडौंको रानी पोखरीबाट प्रभावित भएर भाजु कसले बनाएको किंबदन्ती भए पनि भाज्या पोखरी काठमाडौंको रानी पोखरीभन्दा करिब ५०० वर्ष पुरानो देखिएको बताएका हुन् ।
ऐतिहासिक भाज्या पोखरी जीर्णोद्धारको प्रारम्भिक प्रतिवेदनले भाज्या पोखरीको नयाँ इतिहास सुरु हुने बताउँदै प्रमुख प्रजापतिले अध्ययन–अनुसन्धानबाट पत्ता लागेअनुरुप गुणस्तरीय ढंगले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार कार्यलाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

इतिहासविद् डा। पुरुषोत्तमलोचन श्रेष्ठले १२ औं शताब्दीमा बनेको भाज्या पोखरीको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उउनले इतिहास विज्ञानसम्मत हुने र अध्ययन–अनुसन्धानले रानी पोखरी र भाज्या पोखरीले एकले अर्कोलाई हेर्ने ऐनाको रुपमा प्रस्तुत भएको बताए । उनले भने, ‘भाज्या पोखरी काठमाडौंको रानी पोखरीभन्दा करिब पाँच सय वर्ष पुरानो अनुसन्धानले देखाएको छ । पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले नगरभरिका पोखरी पुनःनिर्माण र जीर्णोद्धारको थालनी गरिरहेको भन्दै भाज्या पुखुको प्रारम्भिक प्रतिवेदनअनुरुप यसको पुनःनिर्माण कार्य अगाडि बढ्ने बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले तत्कालीन सरकारहरूले सम्पदा संरक्षणमा ध्यान नदिंदा वा संरक्षण नगर्दा कयौं सम्पदाहरू लोप भइसकेको बताउँदै पोखरी, पाटी–पौवा, सत्तललाई समेत निजी बनाउने र सार्वजनिक सम्पदाहरू तथा पर्ति जग्गाहरू किबचेन हुन थालेकोमा आपत्ति व्यक्त गरे ।

सांसद सुवालले जिम्मेवार पदमा बस्नेहरूले गरेको गल्तीले देशलाई अपूरणीय क्षति पुग्ने बताउँदै सम्पदाहरूको ऐतिहासिकताबारे अध्ययन–अनुसन्धान गरी जीर्णोद्धार र पुनःनिर्माण कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.