विवादपछि फेरियो ‘लक्ष्मी बम’ को नाम, अब नयाँ नामबाट रिलिज गरिने

  • १४८
  • शुक्रबार, १४ कार्तिक २०७७


मुम्बई । अभिनेता अक्षय कुमारको यस वर्षको प्रतिक्षित चलचित्र ‘लक्ष्मी बम’ को नाम परिवर्तन गरेर ‘लक्ष्मी’ राखिएको छ । चलचित्रको नामलाई लिएर भएको विवादका कारण नाम परिवर्तन नगरिए चलचित्र ‘बाइकट’ गरिने अवस्था आएपछि निर्माण टिमले नाम परिवर्तन गरेको छ ।

चलचित्रको ट्रेलर आउनुअघि देखि नै सामाजिक सन्जालमा ह्‍यास्ट्याग ब्यानलक्ष्मीबम्ब को ट्रेन्‍ड सुरु भइसकेको थियो । बिहीबार सेन्सरबाट पास भएरपछि सीबीएफसी टिमसँग बसेर नामबारे छलफल गरिएकामा, दर्शकको भावनालाई मध्यनजर गर्दै निर्माता शबिना खान, तुषार कपुर र अक्षय कुमारले ‘लक्ष्मी’ नामबाट चलचित्र रिलिज गर्ने निर्णय लिएका हुन् ।


चलचित्रका निर्देशक पुरानो नामबारे प्रस्ट्याउँदै भन्छन्, “भगवान्‌को कृपाले चलचित्रको पात्र बम जस्तो धमाका साथ आउने भएर हामीले यसको नाम ‘लक्ष्मी बम’ राखेका थियौं ।

चलचित्र दीपावलीका अवसरमा नोभेम्बर ९ मा डिज्‍नी प्लस हटस्टारमा रिलिज हुँदै छ । अभिनेता अक्षयका साथै चलचित्रमा कियारा आडवाणी पनि मुख्य भूमिकामा देखिनेछिन् । यो तमिल चलचित्र ‘कञ्‍चना’ को हिन्दी रिमेक हो । -नवभारत टाइम्स

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.