काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट संक्रमित भएको जनाएको छ ।
कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण सुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए ।