तातोपानी नाकाबाट दैनिक दुई कन्टेनर सामान ल्याइँदै

  • १२७
  • शुक्रबार, १४ कार्तिक २०७७


काठमाडौं । लामो समयपछि खुलेको चीनसँगको व्यापारिक नाका तातोपानीबाट दैनिक दुई कन्टेनर सामान ल्याइएको छ । हिजो बिहीबार खुलेको यो नाकाबाट पहिलो दिन दुईवटा कन्टेनर सामान आएको थियो ।

यस्तै आज पनि दुई कन्टेनर सामान आउने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । 

गत असोज १९ गते पनि यो नाका खुला भएको थियो तर एक दिन खुलेर बन्द भएको थियो । नेपालबाट गएका कर्मचारीमध्ये तीनजनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनले सामान ल्याउन बन्द गराएको थियो । सोही कारण पनि चीनले नेपाली भूमिमै सामान ल्याइदिने गरेको छ । सोही कारण दसैँका लागि सामान अर्डर गरेर पनि व्यवसायीले सामान ल्याउन पाएका थिएनन् ।

२०७२ सालको भूकम्पपछि लामो समय बन्द रहेको यो नाका २०७६ साउनदेखि खुला भएको थियो । तर, चीनमा कोरोना भाइरसको संक्रमण विस्तार भएपछि गत वर्ष माघदेखि नै यो नाका बन्द थियो ।

करिब आठ सय ट्रक, कन्टेनर सामान रोकिएको हुन सक्ने खत्रीले बताए । अब नाका नियमित भएपछि विस्तारै सबै सामान आइपुग्ने उनले बताए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.