खोटाङमा जीप दुर्घटना : ३ को मृत्यु, ४ घाइते

  • ९६
  • मंगलवार, ११ कार्तिक २०७७


खोटाङ । खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य चार जना घाइते भएका छन् ।

उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

 


बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ सात बजेतिर भएको जिप दुर्घटनामा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, बराहापोखरी–६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनकै ९ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएका हुन् ।

उनीहरुको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पुर्‍याइएको खोटाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले बताए । मृतकको शव पोष्टमार्टमका लागि उदयपुर पठाउने तयारी भइरहेको साहले बताए ।

 


जीपका चालक उदपयुर चौदण्डीगढी नगरपालिका–६ का २७ वर्षीय यामबहादुर विकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.