रोहनप्रित सिंहसँग नेहा कक्कडको बिहे !

  • ३१५
  • आइतबार, ९ कार्तिक २०७७


नयाँदिल्ली । गायिका नेहा कक्कड विवाह गरेकी छन् । उनले २४ अक्टोबरमा रोहनप्रित सिंहसँग दिल्लीमा विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोहमा पारिवारिक सदस्य र नजिकका साथीहरुको मात्रै उपस्थिति थियो ।

विवाह समारोह निकट व्यक्तिहरुको मात्रै उपस्थितिमा गरिए पनि यो जोडीले पन्जाबमा रिसेप्सन भने भव्य रुपमा आयोजना गरेका थिए ।


सामाजिक सन्जालमा नेहा र रोहनप्रितको मेहेन्दीदेखि विवाह समारोहका तस्बिर तथा भिडियोहरु भाइरल भएका छन् । नेहाले पनि इन्स्टाग्राममा आफ्नो मेहेन्दीको तस्बिर हाल्दै लेखेकी छिन्, “निहुप्रितको हल्दी सेरेमनी !”

नेहाले विवाहका केही साताअघि अर्थात् ९ अक्टोबरमा मात्रै रोहनप्रितसँगको आफ्नो फोटो सेयर गर्दै सम्बन्धबारे खुलासा गरेकी थिइन् । -जागरण

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.