"रअ प्रमुखलाई भेट्न पठाएर भारतले नेपालका प्रधानमन्त्रीलाई हेपेको होइन ?"

  • २२
  • आइतबार, ९ कार्तिक २०७७


काठमाडौं। भारतीय गुप्तचर संस्था "रअ"का प्रमुख सामन्तकुमार गोयललाई प्रधानमन्त्री केपी ओलीको भेटेको बारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ढाकछोप गरेको भन्दै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले असन्तुष्टि जनाएका छन्।

आइतबार मन्त्री ज्ञवालीले कान्तिपुर एफएममा दिएको भारतीय गुप्तचर प्रमुख भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएका हुन्" भन्ने भनाइका सम्बन्धमा मिश्रले सामाजिक सञ्जाल फेसबुकरट्विटर मार्फत ८ वटा प्रश्न सोधेका छन्।

 

 

 

"ढाकछोपको पनि सीमा हुन्छु, मिश्रले लेखेका छन्, "यो देशको स्वाभिमान यति तल्लो तहमा विरलै झरेको थियो। सुसंस्कृत राजनीति भएको देशमा हो भने प्रधानमन्त्रीमाथि राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको गम्भीर आरोपमा छानबिन हुन सक्थ्यो। तर विडम्वनाको कुरा, भ्रष्टाचारमात्र होइन यो देशमा राष्ट्रघातलाई सहन गर्नेहरूको संख्या पनि बढ्दैछ।"

गोयल भारतीय प्रधानमन्त्रीको प्रतिनिधि बनेर आएको भए त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको भनेर मिश्रले प्रश्न उठाएका छन्।

"युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरूपमा हेपेको हो कि होइन?, मिश्रको प्रश्न छ, "नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन ? "
मिश्रले लेखेका छन्"

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.