कोरोना रोकथामको लागि श्री बाराही साकोसद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग

  • २१४
  • मंगलवार, ४ कार्तिक २०७७


भक्तपुर। श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि।ले कोरोना नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु. २ लाख ५१ हजार तीन सय चौरासी रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

श्री बाराही साकोसका अध्यक्ष बलराम प्रजापतिले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई आज आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख प्रजापतिले संस्थाका अध्यक्ष प्रजापतिलाई विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणको लागि नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्र व्यवस्थापन लगायतका आवश्यक व्यवस्थापनको लागि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.