भक्तपुर । भक्तपुरमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनधारेका ८१ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।
मुटुसम्बन्धी समस्या रहेका उनको असोज २६ गते सूर्यविनायक नगरपालिकाको घुम्ती स्वाब संकलन टोलीमार्फत पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालवाट फर्केर होम आइसोलेसनमा बस्दै आएका ती व्यक्तिको सोमबार साँझ मृत्यु भएको स्वास्थ्य कार्यालय का प्रमुख कृष्ण मिजारले बताए । कोरोना संक्रमण पुष्टि भएपछि थप उपचरको लागि ४ दिन अगाडी उनालाई केएमसी अस्पताल दुवाकोट लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि सिनामंगल स्थित केएमसी अस्पताल लगिएको थियो । तर परिवारले घर फर्काउदाँ उनको होम आइसोलेसनमै मृत्यु भएको हो । उनको शव व्यवस्थापनका लािग सेना खटिएको छ । भक्तपुरमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।