भक्तपुर अस्पतालमा थप एक कोरोना संक्रमित ७२ महिलाको मृत्यु

  • १४६
  • शुक्रबार, १६ आश्विन २०७७


भक्तपुर । कोरोना भाइरस संक्रमणका कारण भक्तपुरका थप एक महिलाको मृत्यु भएको छ ।

मध्यपुर थिमि नगरपालिका–८ की ७२ वर्षीया महिलाको कोरोना संक्रमणबाट भक्तपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतक महिलामा असोज ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको एक अस्पतालमा उपचार गराई राखेकी उनको स्वास्थ्यमा जटिल समस्या आएपछि आइसियु नभएपछि भक्तपुर अस्पतालमा ११ गते रिफर गरिएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा। सुमित्रा गौतमले जानकारी दिइन् ।

यसैगरी, भक्तपुर अस्पतालमै उपचारत कोरोना संक्रमित सप्तरी घर भई हाल भक्तपुरको व्यासीमा बस्ने ४७ वर्षीय पुरुषको पनि बिहीबार मृत्यु भएको थियो ।

उनमा ज्वरो आएर श्वासप्रश्वासमा समस्या आएपछि असोज १२ गते उपचारमा आएका उनको बिहिबार दिउँसो आइसियुमा उपचारको क्रममा मृत्यु भएको अस्पतालमा मे।सु। डा। गौतमले जानकारी दिइन् ।

अस्पताल आउने क्रममा उनमा खोकी र निमोनिया समेत भएकाले पीसीआर परिक्षण गर्दा कोरोना देखिएको र लगत्तै आइसियुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.