शनिवारवाट भक्तपुर नगरपालिकाले ७५ बेडको आइसोलेसन केन्द्र संचालनमा ल्याउदै

  • ३०८
  • शुक्रबार, ९ आश्विन २०७७


भक्तपुरः भक्तपुरमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढेसँगै भक्तपुर नगरपालिकाले ब्रम्हायनीमा संक्रमित विरामीलाई राख्न ७५ बेडको आइसोलेसन केन्द्र तयार पारिएको छ ।

नगरपालिका–९ ब्रम्हायनीस्थित सामुदायीक बहुउद्देश्यीय भवनमा ७५ बेडको आइसोलेसन तयार पारिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि स्थानीय तहलाई आइसोलसन केन्द्र व्यवस्थान गर्ने जिम्मा दिएपछि नगरपालिकाले आफ्नै खर्चमा केन्द्र तयार पारिएको हो ।

आइसोलेसनमा १० जना स्वास्थ्यकर्मी खटिनेछन् । यस्तै, ६ वेड अक्सिजन सहित आइसोलेसन केन्द्र तयार गरेको नगरपालिकाले जनाएको छ ।

केन्द्रमा कोरोना भाइरस संक्रमण पुष्टि भएका र सामान्य लक्षण देखिएका बिरामीलाई १४ दिन सम्म राखिने नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।



उनका अनुसार भाइरस समुदायमा फैलिन नदिन होम आइसोलेसनमा बस्ने वातावरण नभएका बिरामीलाई भोलि शनिबारबाट केन्द्रमा राखिने छ ।

केन्द्रमा जेष्ठ नागरिक, महिला र पुरुषलाई छुटाछुटै तल्लामा राख्ने व्यवस्था मिलाएको छ । केन्द्रमा भाइरस संक्रमित बिरामीलाई दैनिक ४ पटकसम्म खाना खुवाउने व्यवस्था गरेको छ ।

आइसोलेसन केन्द्रको आज प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम, वीरदल गणका प्रमुख कर्णेल शिव पौडेल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति लगायतले निरिक्षण गरि जानकारी लिएका थिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.