ओली-प्रचण्डबीच बालुवाटारमा ३ घण्टा छलफल

  • ९३
  • बिहीवार, ८ आश्विन २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल समापन भएको छ। दुई शीर्ष नेताबीच बिहान साढे ११ बजेदेखि सुरु भएको छलफल साढे २ बजेसम्म छलफल भएको हो।

मन्त्रीमण्डल पुनर्गठन र बाँकी रहेको पार्टी एकताको टुंगो लगाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। आइतबार र मंगलबार बसेको सचिवालय बैठकले स्थायी कमिटीको निर्णयमाथि छलफल गरी मन्त्रीमण्डल हेरफेर गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको थियो। मन्त्रीमण्डल हेरफेरलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

सचिवालय बैठकमा नेताहरुले तीन मापदण्ड बनाएर पुनर्गठन गर्न सुझाव दिएका छन्। पहिलो मापदण्डमा प्रधानमन्त्रीबाहेक सबै मन्त्रीलाई हटाउने, दोस्रो दुई वर्ष कार्यकाल पुगेकालाई मात्रै हटाउने र तेस्रो राम्रो काम गर्न नसकेका मन्त्रीलाई हटाएर पुनर्गठन गर्न सुझाव दिएका छन्। त्यहीँ सुझावका आधारमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’लाई पुनर्गठनको अधिकार दिइएको थियो।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.