भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९० हजार

  • १६९
  • बिहीवार, ८ आश्विन २०७७


काठमाडौं । भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९० हजार २० पुगेको छ । पछिल्ला केही हप्ता यता भारतमा

सामान्तया ९ सय देखि १३ सयको बीचमा कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ ।


भारतमा हालसम्म ५६ लाख ४६ हजार १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा ८३ हजार ३४७ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार ८५ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

भारतका रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पुरानै अवस्थामा सञ्चालमा छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.