ट्रमाबाट शिक्षण अस्पताल पुगे डा. केसी, अनसन जारी

  • ११२
  • मंगलवार, ६ आश्विन २०७७


काठमाडौं । डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन् ।

अनसनरत केसीले मंगलबार साँझ ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका हुन् । मंगलबार दिउँसो जबरजस्ती ट्रमा सेन्टर पुर्‍याइका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिएका हुन् ।


९ दिनदेखि अनसनरत केसी आज नै नेपालगञ्‍जबाट ल्याइएका थिए ।

उनी त्रिवि शिक्षण अस्पताल जान खोजे पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो । केसीले शिक्षण अस्पतलमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई आज नै शिक्षण अस्पताल लगिएको डा। केसीका सहयोगी प्रितम सुवेदीले जानकारी गराएका छन् ।

केसीका समर्थकहरुले ‘विआर विथ जिकेसी’, ‘डा केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए ।

तस्बिर स् हरिशजंग क्षेत्री

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.