केन्द्रीय कारागारका कैदीको शंकास्पद मृत्यु, हत्या भएको परिवारको दावी

  • १५४
  • मंगलवार, ६ आश्विन २०७७


काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका राम लखन जैसवालको मृत्यु भएको छ । शनिबार ९३ असोज०मा उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका ६३ वर्षीय जैसवालको हत्या भएको परिवारले दावी गरेको छ ।

केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका ६३ वर्षीय जैसवालको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले ६३ वर्षीय जैसवालको कोरोनाका कारण मृत्यु भएको जनाए ।

यता जेल प्रशासनले पनि उपचारका क्रममा स्वाभाविक मृत्यु भएको बताएको छ । तर, परिवारले भने हत्या गरिएको भन्दै छानबिनको माग गरेको छ । प्रहरीका अनुसार उनी कर्तव्य ज्यानको अभियोगमा जेल सजाय काटिरहेका थिए ।

रूपन्देहीको सिद्धार्थ नगरपालिका निवासी लखनको मृत्युपछि परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहसंस्कार गर्न नपाउने कार्यविधि अनुसार कारागारले परिवारलाई शव दिएको छैन ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.