मुम्बई । होम-आइसोलेसनमा बसेर कोरोनासँग लडिरहेका अभिनेता अर्जुन कपुरले आफूजस्तै कोरोना संक्रमितको जीवन बचाउन सहयोग गर्ने भएका छन् । कोरोनालाई संक्रमणमुक्त भइ स्वस्थ जीवनमा फर्किरहेका अर्जुनले प्लाजमा दान गर्ने बताएका हुन् ।
कोरोना गम्भीर बिरामीको ज्यान बचाउन उनले प्लाज्मा दिने बताएका हुन् ।
अर्जुनले प्लाज्मा दान गर्न लागेको खबर पुष्टि गर्दै चिकित्सक भन्छन्,“हो यो सत्य हो । उनको कोरोना पोजेटिभ आएको दिनबाट ४५ औं दिनमा उनले प्लाज्मा दान गर्नेछन् । हामी अर्जुनको यो कदमलाई स्वागत गर्दछौं । किनकी उनको यस्तो निर्णयले अन्यलाई पनि यस्तो कार्य गर्न प्रोत्साहन मिल्नेछ । कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुको जीवन बचाउन निको भइसकेका व्यक्तिहरुको प्लाज्माले उपचारमा ठूलो सहयोग मिल्छ ।”
उनले थपे,“यसका लागि अर्जुन सिटि अस्पताल जानुपर्ने हुन्छ । अर्जुन अहिले हाम्रो निगरानीमा छन् । हामी उनको प्लाज्मा दान गर्ने दिन र प्रक्रियाको बारेमा बुझिरहेका छौं । हामी अझै धेरै भन्दा धेरै भारतीयहरुलाई यो कार्यमा सहभागी हुन आग्रह गर्छौं ।” बलिउड हंगामा