आज थपिएका १ हजार ३५६ जना संक्रमित (विवरण सहित)

  • ९८
  • मंगलवार, ६ आश्विन २०७७


काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका १ जना, झापाका २० जना, तेह्रथुमका १ जना, धनकुटाका १ जना, भोजपुरका २ जना, मोरङका ५७ जना, संखुवासभाका ४ जना र सुनसरीका ७७ जना तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका ११ जना, पर्साका ११ जना, बाराका १५ जना, रौतहटका ४ जना, सप्तरीका ८ जना, सर्लाहीका १ जना र सिराहाका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ५११ जना, काभ्रेका ३० जना, चितवनका २२ जना, दोलखाका ४ जना, धादिङका ३ जना, नुवाकोटका १ जना, भक्तपुरका ६३ जना, मकवानपुरका ८ जना, रामेछापका ९ जना, ललितपुरका ७३ जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका २ जना, तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १५ जना, गोरखाका २ जना, तनहुँका २५ जना, पर्वतका ३ जना, लमजुङका ६ जना, वाग्लुङका १६ जना र स्याङजाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका २ जना, कपिलवस्तुका १९ जना, ग्ुल्मीका २ जना, दाङका १९ जना, नवलपरासीका ८ जना, पाल्पाका ८ जना, प्यूठानका ८ जना, बर्दियाका ८ जना, बाँकेका ५८ जना, रुकुम पूर्वका २५ जना, रुपन्देहीका ७४ जना र रोल्पाका १५ जना, कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका १ जना र सुर्खेतका ४४ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १५४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३५६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार क्वारेन्टिनमा ७ हजार १७१ जना र सक्रिय संक्रमित १८ हजार १४२ जना रहेका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.