कोरोना संक्रमणबाट काठमाडौंका ४ सहित थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३७१ पुग्यो

  • ८६
  • मंगलवार, ३० भाद्र २०७७


काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ महिला र ७ पुरुषको मृत्यु भएको हो ।

गौतमका अनुसार मृत्यु हुनेमा सिराहाकी ३५ वर्षीया महिला, बाराकी ५५ वर्षीया महिला, काठमाडौंकी ८६ वर्षीया महिला र रुपन्देहीकी ६४ वर्षीया महिला रहेका छन् भने सर्लाहीका ६४ वर्षीय पुरुष, बाराका ५५ वर्षीय पुरुष, काठमाडौंंका ३४, ९६, र ६६ वर्षीय तीन पुरुष, मकवानपुरका ६१ वर्षीय पुरुष र कपिलवस्तुका ५८ वर्षीय पुरुष रहेका छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.