कोरोना संक्रमणबाट मध्यपुर थिमीका दुईको मृत्यु

  • ११८
  • सोमबार, २९ भाद्र २०७७


भक्तपुर। कोरोना भाइरस संक्रमणका कारण भक्तपुरका थप दुई पुरुषको मृत्यु भएको छ ।

मध्यपुर थिमि नगरपालिका वडा नं ५ का ७७ वर्षीय पुरुष र वडा नं ७ का ८१ वर्षीय पुरुष गरि दुई जनाको मृत्यु भएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ७७ वर्षीय पुरुषको मुटुको अपरेशन गर्नु अघि भदौ २६ गते पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । अपरेशन सफल भएपछि उनको आज बिहान गंगालाल अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।

त्यस्तै ८१ वर्षीय पुरुषको ८ दिन अघि गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो र उनी होम आइसोलेसनमा बसिरहेका थिए । होम आइसोलेसनमा बसेकै अवस्थामा स्वास्थ्यमा थप जटिलता देखिएसँगै उपचारका लागि मेघा अस्पतालमा लगिएको थियो ।


। तर उक्त अस्पतालमा भेन्टिलेटर खाली नभएपछि ग्रान्डि अस्पतालमा रेफ्रर गरिएको र ग्रान्डि पुर्‍याउनु अगावै उनको बाटोमै मृत्यु भएको प्रमुख श्रेष्ठले बताए ।
यो सँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.