प्रतितोला सुन १६ सय र चाँदी २० रुपैयाँ भाउ घट्यो

  • १२४
  • बिहीवार, ४ भाद्र २०७७


काठमाडौं । सुनको भाउमा पुन: गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहीबार) का लागि छापावाल सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार र बुधबार तोलाको १ लाख ४ सय रुपैयाँ कायम थियो । बुधबारको तुलनामा तोलामा १६ सय रुपैयाले सुनको भाउ घटेको हो ।

यस्तै तेजावी सुनको भाउ पनि घटेर तोलाको ९८ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


चाँदीको भाउमा पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय ६० रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको १३ सय ८० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा उतारचढाव आएसँगै त्यसको असर स्थानीय बजारमा पनि परेको छ । महासंघले अन्तर्राष्ट्रिय मूल्यअनुसारै स्थानीय मूल्यमा सुनको भाउ निर्धारण गर्दै आएको छ ।

 

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.