भक्तपुर । भभक्तपुरमा २२ महिने बालक सहित एकै परिवारका तीन जनामा कोरोना भाईरस संक्रमण देखिएको छ ।
शनिवार २८ बर्षीय आमा र २२ महिने बालकलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजार बताए ।
बालकको हात भाचिएपछि उपचाको लागि भक्तपुर को आर्दशचोमा रहेको सिद्ध स्मृती अस्पताल लगेकोमा थप उपचाको लागि भक्तपुर सल्लाघारी स्थित ईवामुरा अस्पताल लगेको थियो । उपचार अघि स्वाव परीक्षणकालागि पठाएको रिर्पोट उपचार पछि आमा र बालक दुवैमा कारोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले शनिवार पुष्टि गरेको थियो । संक्रमित आमा र बालक दुवैलाई थप उपचारको लागि काठमाडौंको पुलिस अस्पताल लगिएको छ ।
गत श्रवण १९ गते नस्सालमा कार्यरत २२ महिने बालका बुवा प्रहरी जवानलाई कारोना संक्रमण पुष्टि भएको थियो । आमा र बालकलाई उनै प्रहरी जवानवाट कोरोना सरेको हुन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख मिजारले बताए ।