केरला विमान दुर्घटना : दुई पाइलटसहित १७ जनाको मृत्यु, १७३ जना सकुशल

  • ८७
  • शनिबार, २४ साउन २०७७


भारत केरलाको कोझिकोड विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा दुई पाइलटसहित १७ जनाको ज्यान गएको छ ।

 

दुबईबाट केरला आएको विमानमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । चालक दलका अरु चार सदस्य भने जीवित रहन सफल भएका छन् । विमानमा यात्रु मध्ये १० बालबालिका पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा घाइते भएका १६० यात्रु मध्ये २५ जनाको अवस्था गम्भीर रहेको भारतको नागरिक उड्डयन मन्त्रालयले उल्लेख गरेको छ ।

विमानमा रोजगारी तथा घुम्नका लागि दुबई गएर कोरोना भाइरसको महामारीका कारण उतै रोकिएका यात्रु थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार यात्रु मध्ये २६ जनाको रोजगारी गुमेको तथा २८ जनाको भिसा अवधि सकिएको थियो । सोही कारण उनीहरु भारत फर्किएका थिए ।

यस्तै ५४ जना घुम्न गएर महामारीका कारण उतै फसेकाहरु थिए भने स्वास्थ्य अवस्थाका कारण फर्किएका ६ तथा विवाहका लागि फर्किएका तीनजना थिए ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका सात बजेर ४१ मिनेटमा अवतरणको क्रममा विमान दुर्घटना भएको हो । रनवेबाट बाहिर गएको विमान दुई टुक्रा भए पनि आगो लागेको थिएन ।

दुर्घटनाको छानबिनका लागि दुईवटा समिति बनाइएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

 

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.