भक्तपुरमा ४ सहित काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टि

  • ४२४
  • शुक्रबार, २३ साउन २०७७


काठमाडौं ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरस ९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ललितपुरका ३ र काठमाडौँका १४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा भक्तपुरका २, काठमाडौँका ३९ र ललितपुरका ३ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ५, भक्तपुरका १ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै वीर अस्पतालमा गरिएको परिक्षणका काठमाडौँका ४ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौँका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ७ जना र स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ११ र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरि विध ल्याबमा गरिएको परिक्षणमा ललितपुरका १ र काठमाडौँका २ जना, ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ४ जना, नेपाल–कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १ र काठमाडौँका १ जना र सूर्य हेल्थ केयरमा काठमाडौँमा गरिएको परिक्षणमा काठमाडौँका ४ जना कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा बिहीबार ८७ जना र बुधबार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

 

 

 

 

 

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.