बहुबिवाह मुद्दाका फरार भक्तपुरका प्रजापति पक्राउ

  • २१४२
  • मंगलवार, ६ साउन २०७७


भक्तपुर। बहुबिवाह मुद्दाका फरार रहेका एक जनालाई भक्तपुर प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ तौलाछे बस्ने २७ वर्षीय सबिन प्रजापति रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार मुना शिल्पकारको जाहेरीले प्रजापतिलाई बहुबिवाह मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०७६ जेठ २ गते १ बर्ष ५ महिना १० दिन कैद र १५ हजार जरिवाना फैसला सुनाएको थियो । तर उनी फरार रहेका थिए ।

परिसरबाट खटाईएको प्रहरी टोलीले आज पक्राउ गरी प्रजापतिलाई जिल्ला अदालत भक्तपुर पेश गरिएकोमा फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौं पठाईएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.