आज ३८औं बीपी स्मृति दिवस मनाइँदै

  • ५८
  • मंगलवार, ६ साउन २०७७


काठमाडौं। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली कांग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली कांग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।

बीपीको स्मृतिमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।

राणाशासनविरुद्ध जुधेका पिताजी कृष्णप्रसाद कोइराला र दिव्यकुमारीका माइला छोरा बीपी राणा शासनको अन्त्य गर्ने सशस्त्र क्रान्तिदेखि २०३६ सालको जनमत सङ्ग्रहसम्म चर्चाको शिखरमै रहे ।

 


वि।सं। २००७ सालको राणा शासनविरुद्धको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा दुई तिहाइ बहुमतसहित नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए ।

तत्कालीन राजा महेन्द्रबाट २०१७ साल पुस १ गते जननिर्वाचित सरकारलाई अपदस्त गरी बी।पी। कोइरालासहित अन्य नेताहरुलाई जेलमा राख्ने काम भयो । बी।पी। ले आठ वर्षसम्म जेलजीवन र थप आठ वर्ष निर्वासनमा जीवन बिताएका थिए । भारत निर्वासनपछि नेता बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए ।

नेपाली राजनीतिका साथै साहित्यलेखनमा क्रियाशील रहेका कोइरालाका तीनघुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी तथा बाबु, आमा र छोरा उपन्यास प्रकाशित भएका छन् । दोषी चश्मा र श्वेतभैरवी कथा सङ्ग्रह तथा उनको देहान्तपछि आत्मवृत्तान्त, जेल जर्नल र फेरि सुन्दरीजलजस्ता कृति प्रकाशित भएका छन् ।

वि।सं। १९७१ भदौ २४ गते जन्मिएका बीपी कोइरालाको वि।सं। २०३९ साउन ६ गते घाँटीको क्यान्सरका कारण निधन भएको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.