साउन २१ देखि आन्तरिक र भदौ १ देखि अन्तर्राष्ट्रिय हवाई सेवा खुलाउन सिफारिस

  • ५६
  • सोमबार, ५ साउन २०७७


काठमाडौं । आगामी साउन २१ गतेदेखि आन्तरिक हवाई सेवा सञ्‍चालन खुलाउन सिफारिस गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ देखि आन्तरिकतर्फ र भदौ १ देखि अन्तर्राष्ट्रियतर्फको पनि हवाई सेवा खुलाउन उच्चस्तरीय समितिलाई सिफारिस गरेको छ । मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोकजत्वमा गठित समितिले दिएको सुझावअनुसारै उच्चस्तरीय समितिलाई सिफारिस गरिएको हो ।

विमानस्थल खुलाउनुअघि सुरक्षा मापदण्डसम्बन्धी प्रोटोकल नागरिक उड्डयन प्राधिकरणले ल्याइसकेको छ । विमानस्थल सञ्‍चालनका लागि प्राधिकरणले विमान यात्रु, विमान कम्पनी, कर्मचारी, विमानस्थलका लागि सुरक्षाको मापदण्ड अपनाउन निर्देशिका जारी गरिसकेको छ । उक्त निर्देशिकाअनुसार कोभिड १९ संक्रमणबाट बच्‍न सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, यात्रुको स्वास्थ्य स्थितिबारे जानकारी गराउन फर्म भर्नुपर्नेलगायत व्यवस्था गरिएको छ ।


प्राधिकरणको निर्देशिकाअनुसार ज्वरो, खोकी, श्‍वासप्रश्‍वासमा समस्या भएका, स्वाद तथा गन्ध थाहा नपाउने व्यक्तिले विमानमा यात्रा गर्न पाउने छैनन् । ३८ डिग्री सेल्सियस वा १००.४ डिग्री फारेनहाइट वा सोभन्दा माथि तापक्रम भएका व्यक्तिले पनि विमानमा यात्रा गर्न पाउने छैनन् । यस्तै विमानस्थलमा प्रवेश गरेदेखि गन्तव्यमा नपुगेसम्म मेडिकल मास्कको प्रयोग गरिरहुनुपर्नेछ । मेडिकल मास्क प्रयोग नगर्नेलाई विमानस्थल प्रवेश गर्न नदिन प्राधिकरणले निर्देशन गरेको छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.