ओली, दाहाल र नेपालबीचको वार्ता आज पनि निष्कर्षहीन

  • १२२
  • बिहीवार, १ साउन २०७७


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी भित्रको शक्ति संघर्ष टुंग्याउनका लागि शीर्ष नेताबिच लगातार वर्ता भए पनि निकास निश्किएको छैन ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच वार्ता हुँदै आएकोमा बिहीबार बालुवाटारमा दुई अध्यक्ष र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबिच वार्ता भएको हो ।

त्यसक्रममा प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिएर समस्या समाधान गर्न भनेको स्रोतले जनाएको छ । बिहीबारको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

शीर्ष नेता तहमा सहमति जुटाउनका लागि समय दिने भन्दै स्थगित गरिएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । तर अझैसम्म पनि सहमतिको संकेत देखिएको छैन ।

ओली तथा प्रचण्ड–नेपाल पक्ष आ–आफ्नो अडानमा कायम छन् ।

ओलीसँगको छलफलका लागि बालुवाटार जानुअघि प्रचण्ड निवास खुमलटारमा प्रचण्ड–नेपालसहित झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबिच छलफल भएको थियो ।

सोही अनुसार प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । यसअघिसम्म उनीहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने माग गर्दै आएका थिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.