वर्षभर सय जना कामदार पनि पठाउन नसकेका ५१३ म्यानपावरको नवीकरण हुने

  • १४८
  • बिहीवार, १ साउन २०७७


काठमाडौं। सरकारले वर्षभर एक सय जना श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका पाँच सय १३ वना म्यानपावरको नवीकरण गर्ने भएको छ।

वैदेशिक रोजगारीका लागि इजाजत प्राप्त संस्था नविकरणका लागि आवश्यक कागजातमा पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तिमा एक सय जना कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाणित कागजात पेश गर्नुपर्ने अनिवार्य शर्त छ।

कोरोना भाइरसको महामारी र निरन्तरको लकडाउनका कारण त्यो शर्त पुरा गर्न सक्ने अवस्था नरहेको भन्दै वैदेशिक रोजगार व्यवशायीले यसपटक नविकरणको वातावरण तयार गर्न सरकारसँग आग्रह गर्दै आएका थिए।

इजाजतप्राप्त वैदेशिक रोजगार म्यानपावरको संख्या ८ सय ५३ रहेको छ। २०७८ असार मसान्तमा संस्था नविकरण गर्दा म्यानपावरले अघिल्ला दुईवटा आर्थिक वर्षमा कम्तिमा २ सय जना कामदार पठाएको हुनुपर्ने सरकारले निर्णय गरेको छ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.