अन्तर्राष्ट्रिय विद्यार्थी भिसा रद्द गर्ने अमेरिकी निर्णय फिर्ता

  • १४६
  • बुधबार, ३१ आषाढ २०७७

 
एजेन्सी । ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा सम्बन्धी यसअघि सार्वजनिक गरेको निर्णय मंगलबार फिर्ता लिएको घोषणा गरेको छ । प्रशासनका अनुसार अमेरिकामा रहनका लागि अब विद्यार्थीहरुले अनिवार्य कक्षामा उपस्थित हुनुपर्ने छैन । केही समयअगाडि अमेरिकी आप्रवासन एवम् भिसा शुल्क प्रवर्तन विभाग, आईसीईले, कक्षा कोठामा उपस्थित नभइ अनलाइन क्लास मात्र लिनुपर्ने विद्यार्थीहरुले अर्को युनिभर्सिटी नबदलिएमा तिनलाई आफ्नो देश फर्काउन पनि सकिने बताएको थियो ।

सो निर्णयप्रति विभिन्न प्रतिष्ठित युनिभर्सिटी, शिक्षाविद्हरु, सिकिलन भ्यालीसहित राजनीतिज्ञहरुले समेत असन्तुष्टि जनाएका थिए । यसरी अन्तर्राष्ट्रिय विद्यार्थीहरु गुमाउनुपरेमा अमेरिकी युनिभर्सिटीहरुले लाखौँ डलरको नोक्सानी बेहोर्नुपर्ने हुन्छ भने विश्व महामारी चलिरहेका बेला विद्यार्थीहरुका लागि पनि यो नीति अन्यायापूर्ण हुने बताइएको थियो ।


पछिल्लो समय कोभिड–१९ को अवस्था हेरेर थुप्रै युनिभर्सिटीहरुले अनलाइन कक्षा जारी गराउने योजना बनाइरहेका थिए । त्यसैले यही बेला यस्तो नीति लागू गर्नुले लाखौँको भविष्य जोखिममा पर्ने निश्चित छ तर यसमा कति सङ्ख्यामा छात्रहरु प्रभावित हुनेछन् भन्ने स्पष्ट जानकारी भने थिएन ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.